
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज राती १२ बजेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।
पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २० रूपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । हवाई इन्धन अन्तराष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोमितिर अमेरिकी डलर १३१ ले बढाइएको छ ।निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर २ सय रुपैयाँ र डिजेल र मट्टितेल पनि प्रतिलिटर २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, दोस्रो वर्ग सुर्खेत र दाङ्ग क्षेत्रमा पेट्रोल प्रतिलिटर १ सय ९९ सय रुपैयाँ र डिजेल र मट्टितेल पनि १ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, तेस्रो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज लगायतका स्थानहरुमा पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेल पनि १ सय ९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।














समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन