
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको अवस्था कमजोर बन्दै गएको छ । सरकारी स्वामित्वको यो बैंकको नाफासँगै विगरणयोग्य मुनाफामा पनि गिरावट देखिएको हो । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा साढे २९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकले २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९.५२ प्रतिशतले कम हो । बैंकले अघिल्लो आवमा ३ अर्ब ६३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.४५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । यस्तो नाफा अघिल्लो आवमा ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ रहेको थियो । बैंकको कर्जा नोक्सानी व्यवस्था १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ६३ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
नियमनकारी समायोजनहरू पश्चात् बैंकको वितरणयोग्य नाफामा भारी संकुचन देखिएको छ । नियमनकारी समायोजनपश्चात् गत आर्थिक वर्ष बैंकको खुद वितरणयोग्य नाफा ५७ करोड २६ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ रहेको थियो । सञ्चित नाफा तथा नगद लाभांश भुक्तानी समायोजन पश्चात् गत असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ कायम भएको छ । जस अनुसार साधारण सेयरधनीहरूका आधारमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ६ रुपैयाँ ५४ पैसा कायम भएको छ ।
बैंकको कुल चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ । जसमा साधारण सेयर पूँजी १४ अर्ब ३० करोड र अग्रधिकार सेयर पूँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । जगेडा तथा सञ्चित नाफा गरी बैंकको कुल इक्विटी ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । बैंकले ग्राहकहरूबाट ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको २ खर्ब ९३ अर्ब ५८ करोड रुपैयाँको तुलनामा १८.३६ प्रतिशतले बढेको हो । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ७१ पैसा रहेको छ ।













समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड नाफा, अन्य सूचक कस्ता ?
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?