
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको नाफामा १०५ प्रतिशत माथिको सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा १०५.१४ प्रतिशतले नाफा बढेको हो ।
वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कम्पनीले खुद नाफा, सञ्चालन आम्दानी र प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ । कम्पनीले दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल कालिन्चोकमा केवलकार सञ्चालन गर्दै आएको छ ।
गत आर्थिक वर्षमा कम्पनकिो खुद नाफा ५ करोड ७६ लाख ८४ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०५.१४ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा २ करोड ८१ लाख २० हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले केबुलकार तथा सेवा सञ्चालनबापत ८ करोड ५९ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको भन्दा १२.५५ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ७ करोड ६३ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ३ करोड ७३ लाख ९ हजार रुपैयाँबाट घटेर ३ करोड १६ लाख ३ हजार रुपैयाँ कायम भएको छ । अन्य आम्दानीमा भएको उल्लेखनीय वृद्धिका कारण खुद नाफामा आकर्षक वृद्धि देखिएको हो । कम्पनीले समीक्षा अवधिमा ३ करोड ६१ लाख ७७ हजार रुपैयाँ अन्य आम्दानी गर्न सफल भएको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष १६ लाख ४८ हजार रुपैयाँ मात्र रहेको थियो ।
कम्पनीको बैंक ऋणको ब्याज भुक्तानी तथा वित्तीय खर्च अघिल्लो वर्षको ९२ लाख २७ हजार रुपैयाँबाट घटेर ५१ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी वृद्धि हुनुका साथै जगेडा कोषको स्थिति पनि सबल बनेको छ । कम्पनीको चुक्ता पूँजी ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष अघिल्लो आर्थिक वर्षको ३ करोड १९ लाख रुपैयाँबाट बढेर ५ करोड ८० लाख १२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ २१ पैसा रहेको छ ।













समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड नाफा, अन्य सूचक कस्ता ?
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?