
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कन्सुलर प्रमाणीकरण सेवालाई थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले विकसित नेपाल ई-प्रमाणीकरण प्रणालीको आरम्भ गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा खनालले प्रणालीको औपचारिक आरम्भ गरेका हुन्। परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले नेपालका सरकारी निकायबाट जारी वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिस-पत्र, आधारभूत कागजात तथा अन्य आवश्यक कागजातहरूको कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने गरी उक्त प्रणाली विकास गरेको जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउनुका साथै सेवाग्राहीको समय तथा लागतसमेत बचत हुने अपेक्षा गरिएको छ।
पछिल्लो तथ्याङ्कअनुसार वार्षिक १ लाख १२ हजारभन्दा बढी विद्यार्थी वैदेशिक अध्ययनका लागि जाने गरेका छन् भने करिव ४ लाख नेपालीले वैदेशिक रोजगारीका लागि अनुमति लिने गरेका छन्। बढ्दो आप्रवासनसँगै कागजात प्रमाणीकरणको चाप पनि बढेको सन्दर्भमा यो प्रणाली प्रभावकारी हुने मन्त्रालयको ठम्याइ छ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने