
काठमाडौं । पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि श्रीलंकाका अनुभवी अलराउन्डर पोथोतुवा अरच्चिगे धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरेको छ।
लक्षणले दोस्रो दोस्रो संस्करण पोखराबाटै खेलेका थिए। उनी पोखरामा भित्रिने दोस्रो विदेशी खेलाडी हुन्। यसअघि पोखराले यस्तै, बंगलादेशी अलराउण्डर शकिब अल हसजलाई टोलीमा अनुबन्ध गरिसकेको छ।
बायाँहाते ब्याटर तथा दायाँहाते मिडियम फास्ट बलर लक्षणले श्रीलंकाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। २७ वर्षीय लक्षणले श्रीलंकाबाट तीन ओडीआई खेल खेलेका छन्। यस्तै‚ उनले टी–२० मा ७० खेल खेल्दै ४८ विकेट लिएका छन्। पोखराले यस संस्करणका लागि मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेललाई रिटेन गरेको थियो।
विवेक राना मगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य तथा प्रतीक पोखरेललाई अक्सनमार्फत टोलीमा आबद्ध गरिसकेको छ। टोलीका मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी बलापुवाडुगे अजन्ता विन्स्लो मेन्डिस नियुक्त भइसकेका छन्।












समाचार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर