
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलअन्तरले पराजित गर्दा अर्ने स्लटको सहज सुरुआत जारी रह्यो। खेलको १३औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ब्रेन्टफोर्डले दोस्रो हाफमा केही अवसर सिर्जना गरेको थियो। तर,मोहम्मद सालाहले खेल सकिन २० मिनेट बाँकी छँदा दोस्रो गोल गर्दै ब्रेन्टफोर्डको आशालाई समाप्त गरिदिए।
एनफिल्डमा ११८ गोल गरेका सालाह लिभरपुलका पाँचौं सर्वाधिक गोलकर्ता बनेका छन्। उनी रोबी फाउलरभन्दा अगाडि बढिरहेका छन्। जुर्गेन क्लोपको स्थानमा लिभरपुलको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने क्रममा नेदरल्यान्ड्सका स्लटले दुई खेलमा शतप्रतिशत जित हासिल गरेका छन्।
लिभरपुलका कप्तान भर्जिल भान डाइकले खेलपछि भने, ‘जुर्गेनसँगको समय अद्भुत थियो र नयाँ प्रशिक्षकसँगको समय रमाइलो छ। उनीसँग खेल्ने निश्चित तरिका छ।’
सन् १९९१ मा ग्रीम सौनेसपछि लिभरपुलका कुनै पनि प्रशिक्षकले लिगका दुई खेलमा लगातार जित हात पार्न सकेका थिएनन्। ‘हामीलाई थाहा छ, लिभरपुल राम्रो टिम हो,’ ब्रेन्टफोर्डका प्रशिक्षक थोमस फ्रान्कले भने, ‘मेरो लागि म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुल युरोपका केही उत्कृष्ट टोली हुन्। हामीले अझ बढी आशा गरेका थियौं, हामी यहाँ प्रयास गर्न र जित्नका लागि आएका थियौं। तर, सकेनौं।’













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन