
काठमाडौं । म्यानचेस्टर युनाइटेडले प्रि सिजनमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग १-१ गोलको बराबरी खेलेको छ। गोथेनबर्गमा भएको खेलमा पिएसजीले दोस्रो मिनेटमै इब्राहिम एमबायेको गोलमार्फत अग्रता लिएको थियो। तर युनाइटेडका ब्रायन एमबुमोले ३२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफमा युरी टिलेमान्सले युनाइटेडबाट डेब्यु गरे। यद्यपि, मेसन माउन्ट र गोलरक्षक टम हिटन चोटका कारण मैदानबाट बाहिरिनुपरेको थियो। युरोपियन च्याम्पियन पिएसजीविरुद्धको प्रदर्शनबाट प्रशिक्षक माइकल क्यारिकले नयाँ सिजनअघि केही महत्वपूर्ण सकारात्मक संकेत पाएका छन्।
प्रि सिजनमा एमबुमो युनाइटेडका प्रमुख खेलाडीका रूपमा देखिएका छन्। एट्लेटिको मड्रिडविरुद्ध २ गोल गरेका उनले पिएसजीविरुद्ध पनि गोल गरे। योसँगै उनले पछिल्ला ३ खेलमा ३ गोल गरिसकेका छन्। नयाँ सिजन सुरु हुनुअघि उनको फर्मले युनाइटेडलाई उत्साहित बनाएको छ। एमबुमोले अग्रपंक्तिको केन्द्रबाट मात्रै होइन, दायाँ विंगबाट पनि खेल्न सक्छन्। उनी विपक्षी डिफेन्सको पछाडि खाली स्थानको सदुपयोग गर्न तथा अमाडलगायत अन्य फरवार्डसँग तालमेल गर्न पनि सक्षम देखिएका छन्।











समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु