
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो, जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुनेछ ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गते (२६ अक्टुबरदेखि २१ नोभेम्बर) सम्म हुने सचिव खड्काले जनाएका छन्। क्यानले घोषणा गरेको मिति दशैं र तिहारको बीचमा परेको छ । मिति अनुसार तिहार सोही बेला परेको छ । यसअघि भने एनपीएल तिहारपछि मंसिरमा हुँदै आएको थियो । मिति तोकेपनि खेलतालिका भने सार्वजनिक भएको छैन ।
तिहारमा दुई दिन बाहेक अरु दिन खेल गर्ने क्यानको तयारी छ । एनपीएलका लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाडीहरू अनुबन्ध गर्ने क्रम सुरु भइसकेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने