
काठमाडौं । नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदा दुई देशबीचको वैदेशिक व्यापार प्रभावित भएको छ। विभिन्न स्थानमा गएको पहिरोका कारण नाकातर्फको सडक अवरुद्ध भएपछि चीनबाट मालसामान बोकेका कन्टेनर नेपाल भित्रिन सकेका छैनन्। नाका अवरुद्ध हुँदा तातोपानी हुँदै हुने नेपाल–चीन व्यापारसमेत ठप्प भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले सडक अवरुद्ध भएकै कारण चीनतर्फबाट मालवाहक कन्टेनर आउन नसकेको बताए।
उनका अनुसार सडक कहिलेदेखि सञ्चालनमा आउने भन्ने अझै टुंगो लागेको छैन। ‘नाकामा सडक अवरुद्ध भएकाले चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,’ उनले भने, ‘सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुंगो लागेको छैन।’
तातोपानी नाका लामो समयदेखि बन्द रहँदा चीनबाट आयात हुने वस्तुको आपूर्ति प्रभावित हुनुका साथै व्यापारिक गतिविधिमा समेत असर परेको छ। सडक सञ्चालनमा नआएसम्म नाकाबाट हुने नियमित आयात–निर्यात सुचारु हुन नसक्ने अवस्था रहेको छ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि