
काठमाडौं । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । मनाङ जिल्लामा निर्माण भईरहेको दुध खोला जलविद्युत आयोजना,दुध खोला हाइड्रो पावर कम्पनी प्रा. लि. द्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।
दुध खोला हाइड्रो पावर कम्पनी प्रा. लि. को प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल लि. तथा सीताराम तिमिल्सिनाको समूह रहेको छ । यस आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंक को रुपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह—अगुवा बैंकको रुपमा रहेको छ । ६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु. १२ अर्ब ९० करोड रहेको छ जसमध्ये बैकहरुको ऋण लगानी रु. ९ अर्ब ६७ करोड रहनेछ ।
एनएमबि बैंकको तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष अरुण के.सी.ले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । एनएमबि बैंक लि.ले ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकद्धारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन सम्बन्धी निर्देशिका, २०२२ अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्याङ्कनका आधारमा जिम्मेवार लगानी सुनिस्चित गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय असल अभ्यासहरुको अवलम्बन गर्ने क्रममा यस आयोजना Hydropower Sustainability Alliance (HSA) द्वारा विकसित प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरी आयोजनाका वातावरणीय तथा सामाजिक पक्षहरुको अध्ययन तथा मूल्याङ्कन गरिएको थियो ।
एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने