
काठमाडौं। महिन्द्राको प्रिमियम इलेक्ट्रिक एसयूभी एक्सइभी ९ एस नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको छ। अग्नि ग्रुपले नयाँ विद्युतीय एसयूभीको सुरुवाती मूल्य ६० लाख रुपैयाँ राखेको छ। भेरियन्ट अनुसार मूल्य फरक छ।
एक्सइभी९ एस महिन्द्राको नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी हो। ठूलो आकार, आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर र अत्याधुनिक प्रविधिका कारण यो मोडललाई महिन्द्राको इलेक्ट्रिक पोर्टफोलियोमा महत्वपूर्ण उत्पादनका रूपमा हेरिएको छ।
महिन्द्राले विशेषगरी प्रिमियम एसयूभी सेग्मेन्टलाई लक्षित गरेर यो गाडी उत्पादन गरेको हो। यसमा ठूलो ब्याट्री प्याक, फास्ट चार्जिङ तथा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लगायत प्रविधि उपलब्ध छन्।
गाडीमा ५९ र ७९ किलोवाट आवर क्षमताको ब्याट्री छ। यसमा मोटर पावर १७० र २१० किलोवाट क्षमताको छ। गाडीले फुल चार्जमा ३५० र ४५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। गाडीमा ड्राइभिङ मोड ५ वटा छन्।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?