
ठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा नाफा, आम्दानी सहितका अधिकांश वित्तीय सूचकमा उत्साहजनक वृद्धि गर्न सफल भएको हो । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३८ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५५ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीले ३५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानीमा पनि वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा कम्पनीको खुद बीमाशुल्क आम्दानी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा १५.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद लाभ तथा दाबी भुक्तानी पनि ११ अर्ब ९६ करोड ४३ लाख रुपैयाँबाट १४.०८ प्रतिशतले बढेर १३ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
यता कम्पनीको कुल आम्दानी १५ अर्ब १३ करोड ४७ लाख रुपैयाँबाट झण्डै १३ प्रतिशतले बढेर १७ अर्ब ९ करोड ९० लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १४ अर्ब ५२ करोड ६२ लाख रुपैयाँबाट साढे १३ प्रतिशतले बढेर १६ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ नाघेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.५९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२२.६८ रुपैयाँ रहेको छ । त्यस्तै समीक्षा अवधिमा जीवन बीमाकोष ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ नाघेको छ । अघिल्लो आवमा यस्तो कोषको आकार ४१ अर्ब ६० करोड ५१ लाख रुपैयाँ रहेको थियो । कम्पनीको सोल्भेन्सी अनुपात ३ प्रतिशतबाट घटेर १.६५ प्रतिशतमा झरेको छ ।
५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ९२ करोड ३६ लाख रुपैयाँबाट झरेर ६० करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ भने महाविपत्ति कोष ४२ करोड रुपैयाँबाट बढेर ४५ करोड ८० लाख रुपैयाँ कायम भएको छ ।












समाचार
नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
धनुषामा ६ जना फरार प्रतिवादी पक्राउ
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले
रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
एनआइसी एशिया क्यापिटलको ५०% लाभांश घोषणा
धनकुटाको भेडेटार स्काइवाक नयाँ पर्यटकीय गन्तव्य
कुमारी बैंकको नाफा २९३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
करिब १३ प्रतिशतले बढ्यो नेपाल एसबीआई बैंकको नाफा, इपीएस कति ?
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु, २७ बेपत्ता