
जनकपुरधाम । धनुषा प्रहरीले विभिन्न मुद्दामा सजाय तोकिएका ६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार फरार प्रतिवादीहरूलाई मंगलबार खोजतलासको क्रममा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा सवारी ज्यान मुद्दाका ३ जना लागुऔषध र अन्य चोरी, डाका मुद्दाका १/१ जना आरोपी रहेका छन् ।
तिनीहरू मध्ये डाका मुद्दामा पक्राउ परेको प्रतिवादीलाई करिब साढे ४ वर्ष कैद सजाय फैसला भएको आरोपी रहेको धनुषा प्रहरी प्रवक्ता एवं डिएसपी मधुसूदन न्यौपानेले बताए । उनका अनुसार पक्राउ परेका सबै प्रतिवादीहरूलाई जिल्ला अदालत धनुषा पठाइएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले
रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
एनआइसी एशिया क्यापिटलको ५०% लाभांश घोषणा
धनकुटाको भेडेटार स्काइवाक नयाँ पर्यटकीय गन्तव्य
सूर्यज्योति लाइफको नाफा सुधार, जीवन बीमाकोष आधा खर्ब माथि
कुमारी बैंकको नाफा २९३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
करिब १३ प्रतिशतले बढ्यो नेपाल एसबीआई बैंकको नाफा, इपीएस कति ?
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु, २७ बेपत्ता