
काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन कार्यालय, बबरमहल, काठमाडौँले इजाजतपत्र नलिएका व्यक्ति तथा विदेशी नागरिकहरूलाई गाइडको रूपमा प्रयोग नगर्न र इजाजतपत्रप्राप्त गाइडमार्फत मात्रै पर्यटकीय सेवा सञ्चालन गर्न कडा निर्देशन जारी गरेको छ।
कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न पर्यटकीय गन्तव्य, पदमार्ग र क्षेत्रहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई भ्रमण, टुर, ट्रेकिङ, पदयात्रा, म्याफिडङ लगायतका गतिविधिमा सहभागी गराउने क्रममा प्रचलित कानुन बमोजिम इजाजतपत्र नलिएका व्यक्तिहरू गाइडको रूपमा संलग्न भई सेवा प्रदान गरेको गुनासो तथा जानकारी प्राप्त भएपछि यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पर्यटकको सुरक्षा, सेवाको गुणस्तर, व्यावसायिक मर्यादा र प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित पर्यटन व्यवसायी, ट्राभल तथा ट्रेकिङ व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, गाइड र सरोकारवालाहरूलाई अनिवार्य रूपमा केही व्यवस्था पालना गर्न भनिएको छ। अबदेखि पर्यटकलाई टुर, ट्रेकिङ, पदयात्रा वा अन्य गतिविधिमा सहभागी गराउँदा सम्बन्धित निकायबाट इजाजतपत्र प्राप्त गाइडमार्फत मात्र सेवा प्रदान गर्नुपर्नेछ। साथै, कुनै पनि पर्यटकलाई सेवा दिनुअघि सम्बन्धित गाइडको इजाजतपत्र, यसको वैधता र गतिविधि सञ्चालन गर्ने अधिकार वा योग्यता यकिन गर्ने दायित्व सम्बन्धित पर्यटन व्यवसायीको हुनेछ।
पर्यटन व्यवसायी तथा सेवा प्रदायकहरूले पर्यटकको सुरक्षा, सुविधा र हितलाई प्राथमिकतामा राखी प्रचलित ऐन, नियम, निर्देशिका र मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ भने इजाजतपत्रप्राप्त गाइडको विवरण तथा अभिलेख व्यवस्थित रूपमा राख्नुपर्नेछ। यदि इजाजतपत्र बिना गाइडको रूपमा कार्य गरेको वा गराएको पाइएमा सम्बन्धित व्यक्ति तथा व्यवसायीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।











समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए