
काठमाडौं । भोलि आइतबार उपत्यकाका ७ ठाउँमा खाना पकाउने ग्यास बिक्री वितरण हुने भएको छ । नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगहरूले ग्यास बिक्री गर्ने भएका छन् ।
आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार आयल निगमको कार्यालय टेकु परिसर, पशुु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिन्डर बिक्री वितरण हुनेछ ।
अति आवश्यक परेका व्यक्तिले मात्र आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित आएर ग्यास किन्न निगमले भनेको छ । ग्यास बिक्री वितरण हुने समय बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मलाई तोकिएको छ । सूचनामा ती स्थानमा उपलब्ध हुने ग्यास कम्पनीको नाम पनि उल्लेख छ ।

फेसबुक प्रतिक्रिया













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?