
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा सहित अन्य सुचकमा पनि चमक देखिएको हो ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ५८ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ०.१६ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ५८ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार भने उच्च वृद्धि भएको छ । गत आवको अन्तिमसम्ममा कम्पनीको जीवन बीमा कोष १८ अर्ब २८ करोड माथि पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.४० प्रतिशतले धेरै हो । कम्पनीको यस्तो कोषको आकार अघिल्लो वर्ष १३ अर्ब १० करोड ९० लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको व्यवसाय विस्तारको मुख्य सूचक खुद बीमा शुल्क आर्जनमा पनि ३५.८२ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा ७ अर्ब ४६ करोड बढीको बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्ष ५ अर्ब ४९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल खर्च २८.८८ प्रतिशतले बढेर ८ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ भने कुल दाबी भुक्तानी पनि १४.२० प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ६६ पैसा रहेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात २.२२ प्रतिशतबाट २.५९ प्रतिशत कायम भएको छ ।













समाचार
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर