
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा तथा तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।













समाचार
एचआईडीसीएलको नाफामा पहिरो, इपीएस सहित अन्य सूचक कस्ता ?
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
समय अगावै निर्माण सम्पन्न भयो सरकारी वकिलको कार्यालय
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण