
काठमाडौं । इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले पाँच जना संस्थापकको नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
पाँच जना सेयरधनीहरुले पुरै वा आंशिक सेयर बिक्री गर्न आवश्यक स्वीकृति पाउँ भनि निवेदन दिएकाले उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । उक्त सेयर हाल कायम बैंककै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको हो । उक्त सेयर किन्न इन्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशीत भएको मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।
सेयर किन्न इन्छुक संस्थापक सेयरधनीले कति रकममा सेयर किन्न चाहेको हो खुलाइ यस बैंकको सेयर रजिष्ट्रारको कार्यालय आईटी प्लाजा कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ । सो म्याद भित्र विद्यमान संस्थापक सेयरधनीको निवेदन प्राप्त हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त सेयरहरु खरिद बिक्री गर्न आवश्यक कारवाही अघि बढाईने बैंकले जनाएको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै