
नेपालको बीमा क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ७९औं वर्ष पूरा गरी ८० वर्षमा प्रवेश गरेको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आगामी २०८३ साल असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। उक्त प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण जीवन बीमा, निर्जीवन बीमा, लघु बीमा तथा पुनर्बीमा कम्पनीहरूका कर्मचारीहरूको सहभागिता रहनेछ।
“Protecting Every Risk, Celebrating Every Goal” भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जनसँगै बीमा क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूबीच आपसी समन्वय, सद्भाव, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीसम्बन्धी चेतनाको विकास गर्नु रहेको कम्पनीले जनाएको छ।
प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। यस प्रतियोगिताको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाहरूबाट उत्साहजनक सहभागिता रहेको थियो। सोही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीहरूको उत्साहपूर्ण सहभागिता रहने कम्पनीले अपेक्षा गरेको छ।













समाचार
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात
कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला