
काठमाडौं । बिहीबार सेयर बजार परिसूचक उच्च अंकले बढेर कारोबार बन्द भएको छ । अघिल्लो दिन पनि बढेको सेयर बजार लगातार दोस्रो दिन पनि उच्च अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा पुगेको हो । आज सेयर बजार अघिल्लो दिनको भन्दा १.७३ प्रतिशतले बढेको हो । सेयर बजारमा आज २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ४.६४ अंकले बढेर ४८१.५३ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्यमा हरियाली छाएको छ । परिसूचक बढेको दिन बजारमा करिब १० अर्ब रुपैयाँको कारोबार भएको छ । आज ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर १ लाख ८ हजार ८६९ पटक खरिद बिक्री हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै