
ताप्लेजुङ। यहाँ सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्ताङलुङ गाउँपालिकास्थित सिङ्जेमा ताल, साम्दो पोखरी, दिकीछ्योखोर्लिङ गुम्बा तथा मिक्वाखोलाको पापुङस्थित लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो ।
आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार सार्वजनिक खेल तालिकाअनुसार भदौ १२ गते ताप्लेजुङ-११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबिच उदघाटन खेल हुनेछ । त्यस्तै भदौ १३ गते चित्लाङ फुटबल क्लब (मकवानपुर) र फिदिम स्पोर्टिङ क्लब (पाँचथर) बीच खेल हुनेछ ।
भदौ १४ गते सातदोबाटो फुटबल क्लब (ललितपुर) र सलहेश युवा क्लब (सिरहा), भदौ १५ गते झापा-११ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । सलहेश युवा क्लब गत वर्षको विजेता टोली हो । प्रतियोगिताका सेमिफाइनल खेल भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले सात लाख ५२ हजार ८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले तीन लाख ५२ हजार ८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । लाखे जात्रा पर्वको अवसरमा वि.सं.२०२९ देखि कञ्चनजङ्घा, पाथीभरालगायत विभिन्न नाममा यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ । ताप्लेजुङ गोल्डकप पूर्वी पहाडी क्षेत्रको बहुप्रतिक्षित फुटबल प्रतियोगिताका रूपमा स्थापित छ । प्रतियोगिता हेर्न झापा, इलाम, पाँचथर, तेह्रथुमलगायत जिल्लाबाट दर्शक आउने समितिका अध्यक्ष मादेनले बताए ।
यस वर्ष प्रतियोगिता अवलोकन गर्ने दर्शकका लागि टिकट दरसमेत निर्धारण गरिएको अध्यक्ष मादेनले बताए । उनका अनुसार क्वार्टरफाइनलका लागि २००, सेमिफाइनलका लागि ३०० र फाइनलका लागि ५०० टिकट दर निर्धारण गरिएको छ ।













समाचार
‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज
नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सलाई एभर राइजको साथ
क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग
अख्तियारको डरले कर्मचारीले निर्णय गर्न छाडे, सरकार ‘अनिर्णयको बन्दी’ बन्यो : मन्त्री गौतम
मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
‘अख्तियारलाई प्रधानमन्त्रीको शाखा होइन, साँच्चिकै अख्तियार बन्न दिऔँ’
नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली
सिबिफिनको चेतावनी– ‘व्यावसायिक निर्णय र बैंकको धितो लिलामलाई फौजदारीकरण नगरियोस’
अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले