
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । मनसुनी वायुको प्रभावका कारण देशका केही प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेशका साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।












समाचार
फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान
सौर्य कृषि कम्पनीको वार्षिक साधारणसभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन…
आईपीओ आवेदनमा वित्तीय विवरण र कम्प्लायन्स रिपोर्ट अनिवार्य गर्न सेबोनको निर्देशन