
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पूर्ण मर्चेन्ट बैंकरहरूलाई तीनबुँदे निर्देशन जारी गरेको छ। धितोपत्र निष्काशनका लागि आवेदन पेश गर्दा कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्था अध्ययन गर्नेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि वित्तीय मापदण्ड पूरा भएको प्रमाणित गर्न र नियमित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न बोर्डले निर्देशन दिएको हो।
सेबोनको नियमन विभागले २०८३/०५/०९ गते जारी गरेको पत्रमार्फत धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशन दिएको हो। कार्यकारी निर्देशक विनयदेव आचार्यले हस्ताक्षर गरेको पत्र सम्पूर्ण मर्चेन्ट बैंकरहरूलाई पठाइएको छ।
धितोपत्र निष्काशनअघि वस्तुपरक अध्ययन गर्नुपर्ने
सेबोनले मर्चेन्ट बैंकरहरूलाई धितोपत्र निष्काशन गर्ने कम्पनीको वित्तीय तथा व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरेपछि मात्र बोर्डमा निष्काशनका लागि आवेदन पेश गर्न निर्देशन दिएको छ।
त्यस क्रममा सम्बन्धित कम्पनीमा स्वार्थको द्वन्द्व (Conflict of Interest) नहुने अवस्थासमेत सुनिश्चित गर्नुपर्नेछ। मर्चेन्ट बैंकरले आवश्यक अध्ययन गरी धितोपत्र निष्काशनका लागि योग्य रहेको अवस्थामा मात्र बोर्डमा आवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
आईपीओ आवेदनमा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण आधार
बोर्डले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि प्राप्त हुने निवेदनमा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनलाई आधार बनाउन मर्चेन्ट बैंकरहरूलाई निर्देशन दिएको छ।
यदि सम्बन्धित कम्पनीको लेखापरीक्षण सम्पन्न नभएको अवस्था भएमा लेखापरीक्षकबाट प्रमाणित भएको वित्तीय विवरणका आधारमा प्रक्रिया अघि बढाउनुपर्नेछ। उक्त वित्तीय विवरणका आधारमा बोर्डले तोकेको वित्तीय मापदण्ड पूरा भएको सुनिश्चित गर्नुपर्नेछ।
यससँगै आईपीओ आवेदनसँगै परिपालना प्रतिवेदन (Compliance Report) समेत पेश गर्नुपर्ने वा पेश गराउनुपर्ने व्यवस्था गरिएको छ।
महिनामा कम्तीमा एक वित्तीय साक्षरता कार्यक्रम
सेबोनले सम्पूर्ण मर्चेन्ट बैंकरहरूलाई महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिएको छ।












समाचार
हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ, भारतीय र चीनिया बिस्थापित हुंदै
फर्नान्डेसलाई पिएफए वर्षको उत्कृष्ट खेलाडीको अवार्ड
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
लाभांश प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरको साधारणसभा आह्वान
सौर्य कृषि कम्पनीको वार्षिक साधारणसभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के-के छन् एजेण्डा ?
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल