
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुका लागि घोषणा गरेको लाभांश प्रस्ताव सहितका प्रस्ताव पारित गर्नका लागि १७ र्औँ वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीले आगामी असोज १ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजे १७ औं वार्षिक साधारणसभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिलगायतका विषयमा छलफल हुनेछ ।
सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ । कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ रहेको छ । यसअनुसार ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर वितरण गरिनेछ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६६ करोड २५ लाख ३७ हजार ५०० रुपैयाँ पुग्नेछ । त्यसपछि कम्पनीले सोही चुक्ता पूँजीको २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार १ करोड ३३ लाख १२ हजार ६८८ कित्ता हकप्रद सेयर निष्कासन गरिनेछ ।
कम्पनीले बोनस सेयर र हकप्रद निष्कासनपछि आफ्नो अधिकृत, जारी तथा चुक्ता पूँजीसमेत वृद्धि गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार अधिकृत र जारी पूँजी ३ अर्ब ९९ करोड ३८ लाख ६ हजार ३०० रुपैयाँ तथा चुक्ता पूँजी २ अर्ब ६६ करोड २५ लाख ३७ हजार ५०० रुपैयाँ कायम गरिनेछ । त्यस्तै कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.७८९४७ प्रतिशत अर्थात् करिब १ करोड ८२ लाख ७८ हजार २८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।
साधारणसभा तथा बोनस सेयर वितरणका लागि कम्पनीले भदौ २३ गते सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । त्यसैले भदौ २२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी आफ्नो नाममा सेयर कायम भएका सेयरधनीले साधारणसभामा सहभागी हुन तथा बोनस शेयर प्राप्त गर्न योग्य हुनेछन् ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै