
काठमाडौं । भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थालेका छन्। दश कट्ठा क्षेत्रफलबाट सुरु गरिएकाे माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो। उनी बराहक्षेत्र नगरपालिका–९ का मेहनती किसान हुन्।
उनले माछापालनबाट दाना, माछाका भूरा, कर्मचारीलगायत खर्च कटाएर वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन्। वि.सं. २०५२ मा दश कट्ठाबाट माछापालन सुरु गर्नुभएका अधिकारीले हाल १६ बिघा क्षेत्रफलमा ३० वटा पोखरी निर्माण गरी सात प्रजातिका माछा पाल्दै आएका छन्।
सरकारले माछापालनका लागि आवश्यक भूरा र दाना सहज रूपमा उपलब्ध गराउन सके किसानलाई थप प्रोत्साहन मिल्ने र उत्पादन बढाउन सकिने अवस्था छ । विशेषगरी बराहक्षेत्र–८, ९ र ११ मा माछापालक किसान बढ्दै गएका छन्। नगरपालिकामा करिब ३०० घरधुरीले माछापालन गर्दै आएका छन् भने एक हजार ३०० भन्दा बढी पोखरी रहेको अधिकारीले बताए।
कोशी नदी किनारलाई कृषि पर्यटन (एग्रो टुरिजम) सँग जोडेर थप विस्तार गर्ने योजना बनाएको बताए। माछापालनसँगै पोखरी क्षेत्रलाई पर्यटकीय गतिविधिसँग जोड्न सके स्थानीय उत्पादनको बजारीकरणसँगै रोजगारी र आम्दानीका अवसरसमेत बढाउन सकिने उनको भनाइ छ ।













समाचार
शेर्पा संघको राहत अभियान, एकैदिन १२ लाख संकलन
प्रधानमन्त्री बालेनको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को फाइनलमा प्रवेश
सूर्य नेपालद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ करोड सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई क्यापिटलद्वारा १० लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गर्ने सानिमा रिलायन्स लाइफको घोषणा
लुम्बिनी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
एनसेलले बढायो बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन
९ सय बढी जलबिधुत आयोजनामा कार्यरत मजदुर सम्पर्कबिहीन
अकल्पनीय बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन