
काठमाडौं । भीष्म अधिकारीले वार्षिक ५० लाख आम्दानी गर्न थालेका छन्। दश कट्ठा क्षेत्रफलबाट सुरु गरिएकाे माछापालन १६ बिघामा पुगेपछि उक्त आम्दानी हुन थालेको हो। उनी बराहक्षेत्र नगरपालिका–९ का मेहनती किसान हुन्।
उनले माछापालनबाट दाना, माछाका भूरा, कर्मचारीलगायत खर्च कटाएर वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन्। वि.सं. २०५२ मा दश कट्ठाबाट माछापालन सुरु गर्नुभएका अधिकारीले हाल १६ बिघा क्षेत्रफलमा ३० वटा पोखरी निर्माण गरी सात प्रजातिका माछा पाल्दै आएका छन्।
सरकारले माछापालनका लागि आवश्यक भूरा र दाना सहज रूपमा उपलब्ध गराउन सके किसानलाई थप प्रोत्साहन मिल्ने र उत्पादन बढाउन सकिने अवस्था छ । विशेषगरी बराहक्षेत्र–८, ९ र ११ मा माछापालक किसान बढ्दै गएका छन्। नगरपालिकामा करिब ३०० घरधुरीले माछापालन गर्दै आएका छन् भने एक हजार ३०० भन्दा बढी पोखरी रहेको अधिकारीले बताए।
कोशी नदी किनारलाई कृषि पर्यटन (एग्रो टुरिजम) सँग जोडेर थप विस्तार गर्ने योजना बनाएको बताए। माछापालनसँगै पोखरी क्षेत्रलाई पर्यटकीय गतिविधिसँग जोड्न सके स्थानीय उत्पादनको बजारीकरणसँगै रोजगारी र आम्दानीका अवसरसमेत बढाउन सकिने उनको भनाइ छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम