दृष्टि आई केयरद्वारा बाढीपीडितलाई १६ लाख १ हजार सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दृष्टि आई केयर सिस्टमले आर्थिक सहयोगको घोषणा गरेको छ।

संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको हो। यसका साथै बाढी प्रभावितहरूलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पनि सुरु गरिएको संस्थाले जनाएको छ।

दृष्टि आई केयर सिस्टमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. भाइराजा श्रेष्ठका अनुसार, संस्थाको तर्फबाट १२ लाख १ हजार रुपैयाँ र सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख रुपैयाँ गरी कुल १६ लाख १ हजार रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ।

बाढी प्रभावित नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै संस्थाले आफ्ना विभिन्न शाखाहरूमार्फत निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा सञ्चालनमा ल्याएको छ।  यो निःशुल्क सेवा काठमाडौंको कलंकीस्थित दृष्टि आई केयर सेन्टर, धादिङको गल्छी सामुदायिक आँखा उपचार केन्द्र र नुवाकोटको बट्टार दृष्टि आई केयरबाट लिन सकिनेछ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट