
फिदिम । पाँचथरको फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पाँचथरका निरोज लिङ्देन, सुसन जबेगु, हितेन लिम्बू र अनिस परियारले गोल गरे । चित्लाङका तर्फबाट मिक्सो लिम्बू, चेतन थारू र किरण सुनारले गोल गरेका थिए । खेलमा पाँचथरका गोलरक्षक मिराक खजुम म्यान अफ द म्याच घोषित भए ।
यसअघि शुक्रबार भएको खेलमा आयोजक ताप्लेजुङ–११ लाई २–१ गोलअन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
लाखेजात्रा पर्वको अवसर पारेर लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको उक्त प्रतियोगिता यही भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । आजको क्वाटरफाइनल खेलमा सातदोबाटो फुटबल क्लब र साबिक विजेता सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार र उपविजेताले रु तीन लाख ५२ हजार नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ । विसं २०२२ देखि विभिन्न नाममा आयोजना हुँदै आएको यो प्रतियोगिता केही वर्षयता ताप्लेजुङ गोल्डकपका नाममा सञ्चालन हुँदै आएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम