
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको सेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरपछि थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा भदौ २५ गतेसम्म र मागअनुसार आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म खुला रहनेछ । आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिनेछ । आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ ।













समाचार
कृष्णभिरमा सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई उडान दोब्बरभन्दा बढी
नबिल म्युचुअल फण्डका योजनाहरूको लाभांश घोषणा, कुनका इकाइधनीले कति पाउँछन प्रतिफल ?
असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड–२ निष्काशनमा आउने
सोनापुर मिनरल्सको भण्डै २ लाख कित्ता सेयरको लकइन अवधि असोजमा सकिँदै
बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै, झण्डा आधा झुकाइने
झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने
काठमाडौं पुग्न थाले भोजपुरका ‘खसीबोका’
महिलाको सक्रियतामा तरकारी खेती
भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग
मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा