सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्ला दुई दिन लगातार बढेको बजार आज १५.४३ अंकले घटेको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २५४५.४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९२ कम्पनीको सेयर मुल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले घटेर ४५२.३४ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन सेयर बजारमा ४ अर्ब माथिको कारोबार भएको छ ।

आज सेयर बजारमा ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर ५० हजार ८०४ पटक खरिद बिक्री हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैयाँको कारोबार भएको छ । आजसेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने ३ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट