
काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको फाइनमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनमा ओवानलाई ८७ रनले पराजित गर्दै फाइनमा पुगेको हो ।
जितका लागि १४८ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको ओमान ६० रनमा अलआउट भए पछि नेपालले फाइनमा पुगेको हो । ब्याटर नचलेको खेलमा बलेर नेपाललाई जित दिलाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरिले समान ३/३ विकेट लिए । त्यस्तै लिलत राजबंशी र रोहित पौडेलले समान दुई विकेट लिए । ओमानका लागि जतिन्द्रर सिंहले सर्वाधिक २५ रनको पारी खेले । अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन् ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले विर्सनलाय ब्याटिङ गर्दै जम्मा १४७ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । त्यस्तै बसिर अहमदले ४७ रनको योगदान दिए । अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे ।
बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए । अब उपाधिका लागि नेपालले युएईसँग खेल्ने छ ।












समाचार
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
कालिञ्चोक दर्शनले बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित
हतुवागढी खैराङमा अदुवा खेती विस्तार