कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो

काठमाडौं । धादिङको कृष्णभिरमा पहिरोका कारण अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ । सडक सञ्चालनमा ल्याउने कार्यअन्तर्गत परीक्षणका रूपमा काठमाडौं–चितवनतर्फ एउटा ग्यास बुलेटसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ ।

त्यसैगरी, चितवन–काठमाडौंतर्फबाट एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पास गराइएको छ । सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा भइरहेको जनाइएको छ ।तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराइएको सडक विभागले जानकारी दिएकाे छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट