स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ

काठमाडौं । स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँ नगदसहित काठमाडौंको ठमेलबाट एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने रहेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो । काठमाडौं महानगरपालिका–२६ ठमेलबाट आज पक्राउ परेका घतानेमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट