
काठमाडौं । अर्थमन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरे पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । अर्थमन्त्रालयले सोमबार सार्वजनिक गरेको कार्ययोजना पछि मंगलबार सेयर बजारमा उच्च अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १.८७ प्रतिशतले धेरै हो । आज सेयर बजारमा २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ । आज एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशत अर्थात् ९.१९ अंकले बढेर ४६७.४५ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकमा हरियाली देखिएको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ ।
अघिल्लो दिन ४ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ८ अर्ब माथिको कारोबार भएको छ । आज ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर ७८ हजार ८६९ पटक खरिद बिक्री हुँदा ८ अर्ब २९ करोड १७ हजार ११५ रुपैयाँको कारोबार भएको छ । परिसूचक बढेको दिन एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन