
काठमाडौं । काठमान्डु गोर्खाजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरलाई टोलिमा भित्र्याएको छ । गोर्खाजले सामाजिक सञ्जाल मार्फत् वार्नरलाई अनुबन्ध गरिएको जनाएको हो ।
उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन् । यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकले पनि वार्नरले एनपीएल खेल्ने भनेर पोस्ट नै राखिसकेको थियो । वार्नरले उक्त पोस्टमा लाइक पनि गरेका थिए ।
३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुई एकदिवसिय विश्वकप, एक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप तीनवटै मुख्य प्रतियोगिता जितेका छन् । वार्नरले सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप, सन् २०२१ को टी–२० विश्वकप र सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु