
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा विप्रेषण आप्रवाह रु. २ खर्ब १५ अर्ब ५ करोड पुगेको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह २५ प्रतिशतले बढेको थियो।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेको छ। राष्ट्र बैंकका अनुसार खुद द्वितीय आय रु. २ खर्ब २९ अर्ब ९८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. १ खर्ब ९३ अर्ब ८५ करोड रहेको थियो।
यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२ हजार ६९३ पुगेको छ। पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २७ हजार ७४८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४४ हजार ४६६ र २३ हजार ६४४ रहेको थियो ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन