पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै

रूपन्देही । पाल्पाको तानसेन नगरपालिका-८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा घाइते भएका छ जनामध्ये एक जनाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका-४ की ६३ वर्षीया अनुसरा खाम्चाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको अस्पतालका निमित्त निर्देशक अनुप आचार्यले जानकारी दिए ।

बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे१ज ९७६ नम्बरको फोर्स गाडी आज दिउँसो दुर्घटना हुँदा खाम्चा गम्भीर घाइते भएकी थिइन। दुर्घटनामा चालकसहित पाँच जना घाइते रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

उनका अनुसार पूर्वखोला गाउँपालिका-१ का २९ वर्षीय चालक नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला गाउँपालिका-४ घर भई हाल तानसेन नगरपालिका-४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु, उनकी सात वर्षीया छोरी साहिरस सारु र मृतक अनुसरा खाम्चाकी पाँच वर्षीया नातिनी सायरा खाम्चा घाइते भएका छन् ।घाइते पाँचै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट