
पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले पाल्पामा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने एक महिला बेपत्ता भएकी छन्।रिब्दीकोट गाउँपालिका–६ धुस्तुङस्थित गोलफानमा आज दिउँसो पहिरो जाँदा केसुराम सारुमगर र रामबहादुर उचईका घर भत्किएका हुन्। पहिरोमा केसुरामकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु बेपत्ता भएकी छन्। परिवारका अन्य सदस्य सकुशल छन्।
वर्षाका कारण जिल्लाका विभिन्न सडकखण्डमा पहिरो खस्दा यातायातसमेत प्रभावित भएको छ। सिद्धार्थ राजमार्गको तिनाउ–३ र तिनाउ–५ क्षेत्रमा पहिरो खसेर केही समय सडक अवरुद्ध भएको थियो। तानसेन–हार्थोक–छहरा तथा हार्थोक–बतासे सडकखण्डमा पनि पहिरोका कारण यातायात ठप्प भएको छ।
लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै दोभान–सिद्धबाबा सडकखण्डमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी आवागमनसमेत बन्द गरिएको छ।












समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान
ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा