
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ले अर्थ मन्त्रालयको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ बमोजिम धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी, प्रविधिमैत्री र संस्थागत रूपमा सुदृढ बनाउन ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको छ। यस नयाँ नीतिअनुसार ब्रोकरहरूलाई उनीहरूको पूँजी, जोखिम वहन क्षमता र सेवा विविधीकरणका आधारमा धितोपत्र व्यापारी (श्रेणी ‘क’), पूर्ण सेवा धितोपत्र दलाल (श्रेणी ‘ख’), कारोबारमुखी धितोपत्र दलाल (श्रेणी ‘ग’) र विशिष्टीकृत धितोपत्र दलाल (श्रेणी ‘घ’) गरी चार वर्गमा वर्गीकरण गरिनेछ।
नीतिमा मार्जिन कारोबार, सर्ट सेलिङ, इन्ट्रा-डे कारोबार र बजार निर्माताका लागि छुट्टाछुट्टै स्वीकृतिको व्यवस्था गर्नुका साथै डिजिटल केवाईसी, मल्टि-फ्याक्टर अथेन्टिकेशन, साइबर सुरक्षा, आईटी अडिट र जोखिममा आधारित पूँजी पर्याप्ततालाई अनिवार्य गरिएको छ।
दलाल व्यवसायीहरूबिच मर्जर तथा प्राप्तिलाई सहज बनाउँदै विद्यमान ब्रोकरहरूलाई नयाँ मापदण्डमा ल्याउन सङ्क्रमणकालीन अवधि दिइने र संस्थागत सुदृढीकरण, बजार सेवा विस्तार तथा एकीकृत धितोपत्र मध्यस्थता प्रणाली विकास गरी ३ चरणमा यो नीति कार्यान्वयन गरिने बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।












समाचार
अध्यादेश निष्कृय भएपछि कानुनी शून्यता हटाउन विधेयक ल्याइएको हो: कानुनमन्त्री गौतम
शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन
भुटानलाई गण्डकीले ८ विकेटले हरायो
सुनचाँदी बेच्नको लागि नागरिकता, राष्ट्रिय परिचय पत्र वा लाइसेन्स अनिवार्य
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
नेप्से घट्ने क्रम जारी, परिसूचक २६०३ विन्दुमा, कारोबार पनि घट्यो
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
अब अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट