
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू(भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।












समाचार
धिमे बज्छ, लाखे नाच्छ : व्यासमा मौलिक संस्कृति जोगाउने युवा जोस
जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
मनाङमै अड्किए पर्यटक
प्रतिनिधिसभाको बैठक आज बस्दै
दुई बैंकको सेयरमूल्य समायोजन
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको घट्दा कुनको विनिमयदर कति ?
‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू: स्टक ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने
अध्यादेश निष्कृय भएपछि कानुनी शून्यता हटाउन विधेयक ल्याइएको हो: कानुनमन्त्री गौतम
शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन