
काठमाडौं । उपत्यकाका १२ स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने भएको छ । भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती हुने भएको हो ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत वितरण प्रणालीसम्बन्धी काम तथा हिउँदको लोड व्यवस्थापनका लागि असोज १५ गतेदेखि २६ गतेसम्म विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिनेछ ।
सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइन सञ्चालनमा ल्याउने तथा आवश्यक प्राविधिक कार्य गरिनेछ ।
असोज १५ गते सतुंगल बौथली क्षेत्र, असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक क्षेत्र, असोज १७ गते मुलपानी क्षेत्र, असोज १८ गते गर्जुधारा क्षेत्र, असोज २० गते, मुलपानी क्षेत्रमा लाइन कटौती हुनेछ । त्यस्तै, असोज २१ गते बलम्बु क्षेत्र, असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्र, असोज २४ गते सिफल क्षेत्र, असोज २५ सतुंगल धौलागिरी आवास क्षेत्र र असोज २६ गते धोबीखोला क्षेत्रमा लाइन कटौती गरी भूमिगत लाइनको काम गरिनेछ ।













समाचार
दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र
बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु
भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामकाे निरी
ईएसजी, जलवायु प्रतिवेदन तथा दिगो वित्तसम्बन्धी राष्ट्रिय संवादमा आईक्यानको नेतृत्व
अमेरिकाको चेतावनीपछि जी–७ ले १० करोड ब्यारेल तेल र डिजेल बजारमा पठाउने
डडेल्धुराबाट शेरबहादुर र धनगढीबाट आरजु सर्वसम्मत क्षेत्रीय प्रतिनिधि
सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो: ट्राफिक प्रहरी
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची