
काठमाडौं । इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्ला पाँच दिनमा होर्मुज जलडमरूमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले जनाएको छ।
फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको र अमेरिकाको नियन्त्रणमा रहेको बताउँदै आएका बेला भएको हो।
फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसिन्टलाई उद्धृत गर्दै शुक्रबार जलडमरूमध्यमा दुई तेल ट्यांकरमा विस्फोट भएको जनाएको छ। तीमध्ये एउटा जलमार्गको प्रवेश क्षेत्रमा र अर्को बाहिरिने क्रममा रहेको बताइएको छ।
मेन्चओसिन्टका अनुसार पछिल्ला चार दिनमा कुवेतका अल फुन्टास र काजिमाह–३ तथा संयुक्त अरब इमिरेट्सका सिनबाड, मेर्सिन प्रोस्पेरिटी र अल रुवाइस नामका जहाजहरू पनि प्रभावित भएका छन्।
सिन्ह्वाका अनुसार इरानले फेब्रुअरी २८ देखि होर्मुज जलडमरूमध्यमा आफ्नो निगरानी र नियन्त्रण कडा बनाएको छ। इजरायल र अमेरिकासँग सम्बन्धित वा ती देशसँग जोडिएका जहाजलाई सुरक्षित मार्ग दिन रोक लगाइएको इरानको भनाइ छ। यो कदम इरानी भूभागमा भएको संयुक्त हमलापछि चालिएको बताइएको छ।












समाचार
सहकारीका ऋणीलाई ११ करोड असुली
पोखरीमा डुबेर दुई किशोरीको मृत्यु
‘विचार, संघर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनलाई समेटेको छ : भण्डारी
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
दसैँ नजिकिएसँगै खुला बजारमा बढ्यो ग्राहकको चाप
सडक दुर्घटनामा घाइतेको उपचार गर्ने दायित्व स्वास्थ्य संस्थाको हुने
गगन थापा कांग्रेस नेतृत्वमा आउनु सकारात्मक कुरा हो – शंकर पोखरेल
नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु
अब पाठ सिकौं, नयाँ पुस्तालाई विश्वास गरौं : बाबुराम भट्टराई
अर्थमन्त्री वाग्ले पुगे अमेरिका, विश्व बैंक र अमेरिकी अर्थमन्त्रीसँग महत्वपूर्ण भेटवार्ता