
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अमेरिकामा रहेका मुगुमबासीले १२ लाख रुपैयाँ सहयोग गरेका छन् ।
युनाइटेड मुगुम अर्गनाइजेसन, अमेरिकामार्फत उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो । अमेरिकामा बसोबास गर्दै आएका मुगुमबासीले आपसमा रकम संकलन गरी बाढीपीडितलाई सहयोग गरेका हुन् ।
बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने तथा विपद्का कारण समस्यामा परेका नागरिकको पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको जनाइएको छ ।

Screenshot
रसुवामा आएको विनाशकारी बाढीले जनधनमा क्षति पुर्याउनुका साथै स्थानीय नागरिकको जनजीवन प्रभावित बनाएको थियो । बाढीपीडितलाई राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, समुदाय र सहयोगी दाताबाट आर्थिक तथा भौतिक सहयोग जुट्ने क्रम जारी छ । विदेशमा रहेका नेपाली समुदायले समेत विपद्का बेला सहयोग जुटाएर मानवीय सहकार्य र सामाजिक उत्तरदायित्व प्रदर्शन गरिरहेका छन् ।












समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण