
काठमाडौँ। नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस–आर्य क्लस्टर) तर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्। केन्द्रीय निर्वाचन समितिको पछिल्लो विवरण अनुसार १ हजार ७ सय ७ मत गणना हुँदा आचार्यले ६ सय २३ मत प्राप्त गर्दै पहिलो स्थान बनाएका हुन्।
उनलाई जगदीश्वरनरसिंह केसीले ५ सय ४५ मतका साथ पछ्याइरहेका छन्। आचार्य र केसीबीच ७८ मतको अन्तर रहेको छ।
यसैगरी, सोही पदका अर्का उम्मेदवार दिनेश कोइरालाले ३ सय ३१ मत प्राप्त गरेका छन् भने शुभराम बस्नेतले १ सय १४ मत पाएका छन्।
सानेपास्थित केन्द्रीय कार्यालयमा खस–आर्यसहि
त विभिन्न क्लस्टरका पदाधिकारी तथा केन्द्रीय सदस्य पदहरूको मतगणना कार्य तीव्र गतिमा जारी रहेको निर्वाचन समितिले जनाएको छ।
आज थप छ क्लस्टरको गणना भइरहेको छ भने केही क्लस्टरको हिजोदेखि मतगणना भइरहेको छ।
फेसबुक प्रतिक्रिया












समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज