
अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दशैं गीत सार्वजनिक भएको छ । दशैंमा बिदा नमिल्दा स्वदेश फर्किएर परिवारसँग चाडपर्व मनाउन नपाउने नेपालीको पीडा गीतमा समेटिएको छ । दशैं नेपालीको महान चाड हो । परिवारका सदस्य एकै ठाउँमा भेला भएर टीका, जमरा लगाउने र खुसी साटासाट गर्ने परम्परा छ । तर रोजगारी तथा विभिन्न कारणले विदेशमा रहेका नेपालीका लागि दशैं सधैँ खुसीको पर्व बन्न सक्दैन । घर फर्किन नपाउँदाको दुःख, परिवारको सम्झना र परदेशको बाध्यतालाई गीतले उजागर गरेको छ ।
गायक गौतमको स्वरमा रहेको गीतको म्युजिक भिडियो बडादशैंको फूलपातीको अवसर पारेर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । रवि श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा सञ्जय श्रेष्ठले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोको निर्देशन सीताराम कट्टेल ‘धुर्मुस’ र रवि श्रेष्ठले गरेका हुन् । भिडियोमा दीपक राज पाठक र सीता देवी तिमल्सेनाको अभिनय रहेको छ । राजु केसी र अमृत सुनुवारले छायांकन रहेको गीतको भिडियोले परदेशमा रहेका नेपालीको दशैंसँग जोडिएको भावनात्मक कथालाई प्रस्तुत गरेको छ । गीत र म्यूजिक भिडियोको निर्माण अमिता श्रेष्ठ गौतमले गरेकी हुन् ।
दशैंको उल्लाससँगै घरपरिवारबाट टाढा रहनुपर्दाको पीडा समेटिएको यो गीतले विदेशमा रहेका नेपालीलाई आफ्नै जीवनका अनुभूतिसँग जोड्ने विश्वास गायक गौतमले लिएका छन् ।
भिडियो लिंक












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम