
काठमाडौं । विश्वप्रसिद्ध लुक्ला विमानस्थल रहेको सोलुखुम्बुको लुक्ला बजारमा पहिलोपटक सडकमार्ग हुँदै निर्माण कम्पनीको गाडी पुगेको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका क्षेत्रमा सडक पहुँच विस्तार गर्ने क्रममा गाडी लुक्ला बसपार्कसम्म पुग्नुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
रिकोट ब्रदर्श जेभी निर्माण कम्पनीले दशैँअघि नै लुक्लासम्म सडक पुर्याउने प्रतिबद्धताअनुसार गाडी बसपार्कसम्म पुर्याउन सफल भएको हो। यससँगै पर्यटकीय दृष्टिले विश्वमै परिचित खुम्बु क्षेत्रमा सडक यातायात विस्तारको नयाँ ढोका खुलेको छ।

निर्माण कम्पनीका अनुसार आवश्यक व्यवस्थापन तथा आन्तरिक तयारी पूरा भएपछि अन्य सवारीसाधनसमेत व्यावसायिक रूपमा सञ्चालन गर्न मिल्ने गरी सडक खुला गर्ने तयारी भइरहेको छ।
सडक पहुँच विस्तार भएपछि खुम्बु क्षेत्रमा निर्माण सामग्री ढुवानी, स्थानीयको आवागमन तथा पर्यटन प्रवर्द्धनमा सहजता आउने अपेक्षा गरिएको छ। हालसम्म हवाई यातायातमा निर्भर लुक्ला क्षेत्रमा सडक पुग्नु स्थानीय पूर्वाधार विकासका दृष्टिले पनि महत्त्वपूर्ण कदम मानिएको छ।
Information by : Solu Update Fb Page










समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम