
घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिपमा संघर्षपूर्ण जितसहित सुखद सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो । जितसँगै समूह ‘ए’ मा रहेको नेपालले महत्त्वपूर्ण तीन अंक जोडेको छ। नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्ने छ। श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्ने छ ।
नेपालका लागि निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निराजनले २३औं मिनेटमा गोल गरेका थिए। फ्रिककबाट आएको बललाई समीर तामाङले बाइसाइकल किक प्रहार गरेका थिए। तर, उक्त बल श्रीलंकाका खेलाडीलाई लाग्न पुगेको थियो। रिबाउन्डमा आएको सोही बललाई उनले जाली चुमाए ।
खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाएको नेपाल फिनिसिङमा भने बारम्बार चुक्न पुग्यो। जसकारण प्रतियोगिताकै कमजोर मानिएको श्रीलंकाविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नुपर्यो।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने