
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा शुक्रबार अंक तालिकाका पुछारका दुई टोली नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) पुनः भिड्दै छन् । पहिलो खेलमा ३७ रनको फराकिलो जित निकालेको नेपाल यस खेलमा पनि सोही लयलाई दोहो¥याउने तयारीमा हुनेछ । यता युएई भने पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बाट सुरु हुनेछ। पछिल्ला ५ भेटमा नेपालले ३ खेल जितेको छ । बाँकीका दुई खेलमा भने युएईले बाजी मारेको छ। यद्यपि, हेड टु हेडमा भने नेपाल अगाडि छ । नेपालले १० खेल जित्दा युएईले ७ खेल मात्र आफ्नो पक्षमा पार्न सफल भएको छ ।
यद्यपि, यी दुई टोली लिग २ को अंक तालिकामा पुछारमा छन्। नेपाल २२ खेलबाट १४ अंक बटुल्दै सातौं स्थानमा छ । समान खेल खेलेको युएई १२ अंकसहित आठौं स्थानमा छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना