
एन्टोनी ग्रिजम्यान, मार्कोस लोरेन्टे र कोकको गोलको मद्दतमा एट्लेटिको मड्रिडले आइतबार राति भएको खेलमा जिरोनामाथि ३–० को जित निकालेको छ। एट्लेटिकोले सिभिटास मेट्रोपोलिटानो स्टेडियममा ठोस प्रदर्शन गर्दै गत सिजनको खराब लयबाट पुनरागमन गरेको थियो। लिगको पहिलो खेलमा भिल्लारियलसँग बराबरी खेलेको उसले चार अंक जोडेको छ।
३९औं मिनेटमा जिरोनाका गोलकिपर पाउलो गाजानिगाले पहेंलो कार्ड पाए। डिबक्स बाहिरबाट बल समातेपछि ग्रिजम्यानले फ्रिकिकलाई तल्लो कर्नरमा गोल गरे। ‘किपर कहाँ उभिएको छ भनेर हेर्न पर्खिरहेको थिएँ र मैले देखें टाढाको पोस्टमा थोरै ग्याप थियो र भाग्यले साथ दिँदा बल भित्र गयो,’ ग्रिजम्यानले भने।
लोरेन्टेले ब्रेकको तीन मिनेटपछि लामो दूरीको प्रयासमा गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको सुरुआतमा मैदान प्रवेश गरेका कोकले सन् २०२१–२२ को सिजनपछि पहिलो गोल गर्दै सहज जित सुनिश्चित गरे। उनले लोरेन्टेको क्रसमा इन्जुरी समयमा ट्याप–इनमार्फत गोल गरेका थिए।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह