
ग्रामीण क्षेत्रका बासिन्दाले उत्पादन गरेको प्राङ्गारिक कृषि उपजलाई बजारसम्म पुर्याउन तनहुँको व्यास नगरपालिकाले कृषि उपज केन्द्र सञ्चालनमा ल्याएको छ । व्यास नगरपालिका–१३ मा रहेका किसानले उत्पादन गरेका प्राङ्गारिक कृषि उपजलाई सहज तवरले बजारसम्म पुर्याउने हेतुले व्यास–३ मालपोत लाइनमा आजदेखि कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो ।
व्यास–१३ का किसान आवद्ध गाउँविकास कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा कृषि उपज केन्द्र सञ्चालन गरिएको सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्द्रबहादुर आलेले जानकारी दिए । कृषि उपज केन्द्रमा सहकारीमा आवद्ध किसानले उत्पादन गरेको आलु, बोडी, तरुल, पिँडालु, फर्सी, करेला, निगुरो, काँक्रो लगायतका तरकारी सुपथ मूल्यमा पाइने केन्द्रले जनाएको छ । करिब पाँच लाख रुपैयाँ खर्चिएर केन्द्र सञ्चालन गरिएको हो ।
साना किसानलाई प्रोत्साहन र स्वस्थकर कृषि उत्पादनमा लाग्न व्यास–१३ को कार्यालयले विशेष कार्यक्रम नै बनाएर अघि बढेको व्यास– १३ का वडाध्यक्ष वसन्तबहादुर आलेले जानकारी दिए । प्राङ्गारिक कृषि उपजलाई प्रोत्साहन गरी साना किसानलाई संरक्षण गर्न व्यास नगरपालिकाको कार्यालयले मासिक भाडा तिर्ने गरी कृषि उपज केन्द्रको व्यवस्था गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए । व्यास नगरपालिका क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउनेतर्फ व्यास नगरपालिकाको कार्यालयले विभिन्न कार्यक्रम अघि सारेको उनले भनाइ छ ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो