
काठमाडौं । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाइ क्रियाशील बनाउन संसदले भूमिका खेल्नु पर्ने र सो को लागि सार्क क्षेत्रका सभामुख हरुको शिखर सम्मेलन आयोजना गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । बिहिबार संसदमा बोल्दै सांसद ढकालले सार्क सन् १९८५ मा स्थापना भएयता काठमाडौंमा १९८७, २००२ र २०१४ मा गरि तीन पटक सफलताका साथ् शिखर सम्मेलन सम्पन्न भएको तर सन् २०१४ देखि नेपाल सार्कको अध्यक्ष भएपनि यसको शिखर सम्मेलन हुन नसकेको भन्दै नेपालमा आयोजनाका लागि आग्रह गरेका हुन् ।
पूर्व मन्त्रि समेत रहेका ढकालले दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, समाजिक प्रगति तथा सांस्कृतिक विकासमा तीब्रता ल्याउनु र सबै मानिसलाई स्वाभिमानसाथ रहने र उनीहरूलाई आफ्नो पूर्ण क्षमताको महसुस गराउने अवसर प्रदान गर्नु सार्कको बडापत्रमा उल्लेख रहेको बताए । ढकालले सार्क नेपाल र दक्षिण एसियाली क्षेत्रको हितमा रहेको तर यो निष्क्रिय हुँदा यस क्षेत्रका समान चुनैतीको सामना गर्न जटिलता सृजना भएको र अबसरहरु ओजेलमा परेको बताए ।
सांसद ढकालले सार्कलाई क्रियाशील बनाउन नेपालले सबै क्षेत्रवाट नेतृत्वदायी भूमिका खेल्नु पर्ने र आगामी सयुक्त राष्ट्र संघको महासभामा कम्तिमा सार्क मन्त्रि स्थरिय साइड लाइन बैठक नेपालले आयोजना गरोस भन्दै ध्यानाकर्षण गराए ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?